Saturday, April 25News That Matters

बालिका जबरजस्ति कराणीको आरोपमा उदयपुरमा १ जना पक्राउ

पूणर्पुष्टि, जेष्ठ, २१

बालिकालाई जबरजस्ति करणी गर्न खोजेको आरोपमा उदयपुरमा १ जना पक्राउ परेका छन् । ४५ बर्षिय पर्वत अधिकारीलाई बेल्टार प्रहरीले जबरजस्ति करणीको आरोपमा पक्राउ गरेको हो । अधीकारी चौदण्डीगढी नगरपालिका वडा नं १० खैडाझोडाका रहेको बेल्टारका प्रहरी प्रमुख निरिक्षक उत्तम चौलागाई बताउनुभयो ।

जबरजस्ति करणी गर्न खोजेको आरोपमा पडितिको आफन्तले उजुरी दएिपछी आरोपति अधकिारीलाइ इलाका प्रहरी कार्यालय बेल्टारबाट खटीगएको प्रहरीले पक्राउ गरेको निरिक्षक चौलागाइले बताउनुभयो ।

जेठ २० गते मंगलबारका दिन बिहान ८ बजेको समयमा १० बर्षिय बालिकालाइ निजकै घरमा लागी जबरजस्ति गर्न खोजिएको कुरा उजुरीमा उल्लेख गरिएको छ ।

सोहि अनुसार प्रहरीले अधिकारीलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको चौलागाईले जानकारी दिनुभयो ।