Saturday, June 6News That Matters

विश्वभर ५ लाख २९ हजार भन्दा बढीको कोरोनाबाट मृत्यु

पूर्णपुष्टि, असार २०

विश्वको विभिन्न देशमा कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट ५ लाख २९ हजार ५ सय ५५ जनाको मृत्यु भएको छ । अहिलेसम्म विश्वभर १ करोड १२ लाख ७ हजार ५ सय ४० जना भन्दा बढी संक्रमित भएका विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जनाएको छ  ।

उक्त संक्रमित मध्ये ६३ लाख ६३ हजार ६ सय ९६ जना उपचारपछि निको भएका छन् ।  अहिले करिब ४३ लाख २४ हजार २ सय ८९ व्यक्ति उपचाररत रहेका छन् । सङ्क्रमितहरूमा ५८ हजार ८ सय ४१ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

विश्वमा सवै भन्दा बढी कोरोना संक्रमणबाट अमेरिका प्रभावित भएको छ । अमेरिकामा मात्रै २८ लाख ९१ हजार २ सय २८ जना संक्रमित भएका छन् भने १ लाख ३२ हजार १ सय ७ जनाको मृत्यु भइसकेको जनाईएको छ  ।