
पूर्णपुष्टि, असार २१
साउदीबाट नेपाल फर्कन प्राथमिकतामा परेका नेपालीलाई ‘एक्जिट भिसा’ नलिई टिकट नकाट्न दुताबासले आग्रह गरेको छ । दूतावासमा निवेदन दिँदा ‘एक्जिट भिसा’ लागेको उल्लेख गरेको तर एक्जिट भिसा नलागेकाले पनि हवाइ टिकट काटेको पाइएको भन्दै त्यसो नगर्न दूतावासले सचेत गराएको हो ।
दूतावासले ‘एक्जिट भिसा’ लागेको भनेर उल्लेख गरेको आधारमा नाम प्रकाशन गर्ने गरे पनि ‘एक्जिट भिसा’ नलिइ टिकट काट्दा गम्भीर समस्या उत्पन्न भएको जनाईएको छ ।
साउदीबाट स्वदेश फर्कनका लागि ‘एक्जिट भिसा’ अनिवार्य छ ।
