Friday, May 22News That Matters

विश्वमा आध संक्रमित उपचारपछि निको भए

पूर्णपुष्टि, असार ६ 

विश्वमा कोरोना संक्रमित मध्ये आधा भन्दा बढी उपचारपछि निको भएका छन् । करिब ८७ लाख ५८ हजार संक्रमित मध्ये ४६ लाख २५ हजार भन्दा बढी उपचारपछि निको भएका हुन् । संक्रमित मध्ये ४ लाख ६२ हजार ५ सयको मृत्यु भएको छ ।

सबैभन्दा धेरै अमेरिकामा करिब २३ लाख संक्रमित भएका छन् भने ९ लाख ५६ हजार उपचारपछि निको भएका छन् भने १ लाख २१ हजार भन्दा बढीको मृत्यु भएको छ ।

ब्राजिलमा १० लाख ३८ हजार भन्दा बढी संक्रमित मध्ये ५ लाख २० हजार भन्दा बढी उपचारपछि निको भएका छन् भने ४९ हजार भन्दा बढीको मृत्यु भएको छ । त्यस्तै भारतमा करिब ३ लाख ९६ हजार भन्दा बढी संक्रमित मध्ये २ लाख १४ हजार भन्दा बढी उपचारपछि निको भएका छन् भने १२ हजार ९ सय ७० भन्दा बढीको मृत्यु भएको वल्र्डओमिटरले जनाएको छ ।

यसैविच विश्व स्वास्थ्य संगठनले महामारी खतरनाक चरणमा प्रवेश गरेको जनाएको छ ।