
पूर्णपुष्टि, भदौ १७
पछिल्लो २४ घण्टामा विश्वमा दुई लाख ५६ हजार ९ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै विश्वमा अहिलेसम्म दुई करोड ५८ लाख ८९ हजार भन्दा धेरैमा संक्रमण भएको वल्डोमिटरले जनाएको छ ।

गत २४ घण्टामा सबैभन्दा धेरै भारतमा ७८ हजार १ सय ६९ जनालाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । त्यस्तै ब्राजिलमा ४१ हजार ८ सय ८९ जना र अमेरिकामा ४० हजार ८ सय ३६ जनामा सङ्क्रमण पुष्टि भएको वल्डोओमिटरले जनाएको छ ।
अहिलेसम्म विश्वमा कोरोना संक्रमणबाट उपचारपछि एक करोड ८१ लाख ७१ हजार भन्दा धेरै निको भएका छन् भने आठ लाख ६० हजार भन्दा बढीको मृत्यु भएको जनाईएको छ ।
