Friday, May 22News That Matters

विश्वमा कोरोना संक्रमित साढे दुई करोड भन्दा बढी

पूर्णपुष्टि, भदौ १४

विश्वमा कोरोना सङ्क्रमितको संख्या साढे दुई करोड नाघेको छ । विश्वका दुई सय १३ देशमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म दुई करोड ५१ लाख ६२ हजार भन्दा धेरैमा सङ्क्रमण पुष्टि भईसकेको छ ।

उक्त संक्रमितमध्ये आठ लाख ४६ हजार छ सयभन्दा बढीको मृत्यु भईसकेको छ भने एक करोड ७५ लाख पाँच सयभन्दा धेरै उपचारपछि निको भइसकेका वल्र्डमिटरले जनाएको छ ।

अमेरिकामा अहिलेसम्म ६१ लाख ३९ हजारभन्दा धेरैमा सङ्क्रमण हुँदा एक लाख ४६ हजार आठ सयभन्दा धेरैको मृत्यु भईसकेको छ । ३४ लाख आठ हजारभन्दा धेरै निको भएका छन् ।

ब्राजिलमा ३८ लाख ४७ हजारभन्दा धेरैमा सङ्क्रमण हुँदा एक लाख २० हजार पाँच सयभन्दा धेरैको मृत्यु भएको छ भने ३० लाख छ हजारभन्दा धेरै निको भएका छन् ।

त्यस्तै भारतमा ३५ लाख ३९ हजार सात सयभन्दा धेरैमा सङ्क्रमण भएकोमा ६३ हजार छ सय ५० भन्दा धेरैको मृत्यु भएको छ भने २७ लाख १२ हजार पाँच सयभन्दा धेरै उपचारपछि निको भएका छन् ।