
पूर्णपुष्टि, भदौ १४
कीर्तिपुरको राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रले कोरोना संक्रमित व्यक्तिको उपचारका लागी आयुर्वेदिक औषधिको अनुसन्धान गरिरहेको छ । कोरोना संक्रमित बिरामीको चाँडो स्वास्थ्य लाभमा उपयोगी हुुने औषधिको अनुुसन्धान गरिरहेको हो ।

त्यसक्रममा अनुुसन्धान भइरहेको एक औषधिले बिरामीलाई लाभ भइरहेको छ । सो औषधिको प्रयोगले दुुई साता भन्दा कम समयमै सङ्क्रमित बिरामीले स्वास्थ्य लाभ गरी घर फर्कन थालेको चिकित्सकले दाबी गरेका छन् ।
आयुर्वेदिक उपचारबाट अरू रोग भएका कोरोना सङ्क्रमित व्यक्तिलाई पनि धेरै फाइदा भएको केन्दले जनाएको छ । पहिलेदेखि नै विभिन्न रोग भएका व्यक्तिलाई कोरोना सङ्क्रमण भएपछि डर थिपीएको छ । तर आयुर्वेदिक पद्धतिले त्यस्ता व्यक्तिलाई निको पारेपछि चिकित्सक र बिरामीमा उत्साह देखिएको छ ।
त्यहाँ भर्ना भएका कोरोना सङ्क्रमितहरूमध्ये दुई १३ जना बिरामी निको भएर घर फर्किसकेको जनाएको छ । १९ महिनाको दूधेबालकका आमादेखि ७८ वर्षको ज्येष्ठ नागरिकसम्म यही औषधिले राम्रो गरेको केन्द्रले जनाएको छ ।
आयुर्वेदिक औषधिमा विभिन्न रोग प्रतिरोधक क्षमता बढाउने जडीबुटी प्रयोग हुने भएकाले कोरोनासँग लड्न सक्ने क्षमता भएको जनाईएको छ । यसैगरी रोग प्रतिरोधी क्षमता बढाउने जडीबुटी मिलाएर बनाइएको औषधि खान दिइएको छ । त्यसको सात दिनपछि पीसीआर परीक्षण गराउँदा सबैको रिपोर्ट नेगेटिभ आएको र कोरोना नदेखिएको जनाएको छ ।
