
पूर्णपुष्टि, जेठ १० गते ।
विश्वको विभिन्न देशमा ५३ लाखभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । अहिलेसम्म ५३ लाख ३ हजार ३ सय ९३ जनामा संक्रमण पुष्टि भएको वर्ल्डओमिटरले जनाएको छ ।
उक्त संक्रमतिमध्ये अहिलेसम्म साढे २१ लाखभन्दा बढी उपचार पछि निको भएका छन् भने ३ लाख ३९ हजार ९ सय ९२ जनाको मृत्यु भएको छ ।
अमेरिकामा सबैभन्दा बढी १६ लाख ४५ हजारभन्दा धेरैमा कोरोनाको संक्रमण पुष्टि भएको मध्ये ९७ हजारभन्दा बढीको मृत्यु भएको छ ।
