Friday, May 22News That Matters

पश्चिमी वायुको प्रभावले धेरै ठाउँमा पानी पर्ने सम्भावना

पूर्णपुष्टि, जेठ १० गते ।

आज देशको धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी बायुको प्रभाले गर्दा देशको धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

अहिले पश्चिम र पूर्वका केही ठाउँको मौसम सामान्य बदली भएको महाशाखाले जनाएको छ । विशेषगरी पूर्व र पश्चिमका क्षेत्रमा मेघगर्जनसहित पानी पर्ने महाशाखाले जनाएको छ ।

अहिले चक्रवातको प्रभाव नेपालबाट हटिसकेको छ । तर पश्चिमी वायुको प्रभाव बढेकाले देशका धेरै ठाउँमा मेघगर्जनसहित पानी पर्ने जनाएको छ ।