Friday, May 22News That Matters

ट्याक्टर दुर्घटना चालकको मृत्यु

सुनसरी, जेठ १० गते । 

सुनसरीको गढीमा ट्याक्टर दुर्घटना हुदा चालकको मृत्यु भएको छ । गढी गाउँपालिका–६ मा ट्याक्टर दुर्घटना हुदाँ सोही ट्याक्टरको चालक फुलचन ऋषिदेवको घटनास्थलमै मृत्यु भएको हो ।

सत्तेरझोडा स्थित कच्ची बाटोमा उत्तरबाट दक्षिण तर्फ ईट्टा बोकेर जाँदै गरेको को १ त ९६८९ नम्बरको ट्रयाक्टर शुक्रवार दिउँसो साँढे २ बजे आफै अनियन्त्रीत भई दुर्घटना हुँदा ट्याक्टर चालक दुहवी नगरपालिका–११ का २४ बर्षीय ऋषिदेवको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ ।

दुर्घटनामा परी ट्रयाक्टरका सह–चालक २३ बर्षीय संजय पासवान घाईते छ । उनको उपचारको लागी जिल्ला अस्पताल ईनरुवा पठाईएको प्रहरीले जनाएको छ ।