Sunday, April 19News That Matters

विषालु सर्पको टोकाईबाट दुई बालिकाको मृत्यु

पूर्णपुष्टि, भदौ २३
विषालु सर्पको टोकाईबाट महोत्तरीमा दुई बालिकाको ज्यान गएको छ । मनरासिस्वा नगरपालिका–२ का चन्द्रशेखर सिंहकी चार वर्षीया छोरी स्वाती सिंह र महोत्तरी गाउँपालिका–२ का दाउद राइनकी सात वर्षीया छोरी सोहना खातुनको सर्पको टोकाईबाट ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले गएराति ती बालिकालाई सर्पले डस्दा मृत्यु भएको जानकारी दिएको छ ।