Tuesday, April 21News That Matters

वेस्ट ईण्डिज र इङ्ग्ल्याण्ड विचको टेस्ट जुलाई ८ तारिखदेखि

पूर्णपुष्टि, जेठ २१ गते । 

इङ्ग्ल्याण्डले वेस्ट इण्डिजसँग खेल्ने ३ खेलको टेस्ट सिरिजको मिति टुङ्गो लागेको छ । आगामी जुलाई ८ देखि बन्द रङ्गशालामा खेल्ने गरी इङ्ग्ल्याण्डले वेस्ट इण्डिजसँगको तालिका टुङ्गो लगाएको हो ।

यो सिरिजसँगै कोरोना भाइरसको कारण गएको मार्च १३ तारिखदेखि बन्द भएका अन्तर्राष्ट्रिय क्रिकेट सुरु हुनेछन् ।

पहिलो टेस्ट ८ देखि १२ जुलाईसम्म ह्याम्पसायरमा हुनेछ, दोस्रो टेस्ट १६ देखि २० जुलाईसम्म ओल्ड ट्राफोड र तेस्रो २४ देखि २८ जुलाईसम्म ओल्ड ट्राफोडमा नै हुनेछ ।