Tuesday, April 21News That Matters

नेपालमा अभिनेत्री मनीषा कोइराला

पूर्णपुष्टि, जेठ २१ गते ।

रुपन्देहीको सीमा नाका भैरहवाको बेलहियाबाट मङ्गलबार अभिनेत्री मनीषा कोइराला नेपाल प्रवेश गरेकी छिन् ।

परिवारका सदस्यसहित बेलहिया नाकाबाट स्वदेश प्रवेश गरेपछि उनी काठमाण्डौ प्रस्थान गर्ने जनाईएको छ । उनीसँगै निजी गाडीमा परिवारका सदस्यसमेत रहेको बताइएको छ ।

भारतीय भूमिबाट नेपाल प्रवेश गर्नु पहिले सीमामा स्वास्थ्यकर्मीले अभिनेत्री कोइराला र उनका परिवारको स्वास्थ्य परीक्षण गरेको थियो । अभिनेत्री कोईराला जिल्ला प्रशासन रुपन्देहीले जनाएको छ ।

नेपाल भारत सीमा विवाद चलेका बेला नेपाली राष्ट्रियताका पक्षमा सामाजिक सञ्जालमा दिएको अभिव्यक्तिले नेपालमा कोइरालाको प्रशंसा भइरहेको छ । कोइरालाले भारत र नेपाली चलचित्रमा दशकौँदेखि अभिनय गर्दै आएकी छिन् ।