Tuesday, April 28News That Matters

व्यवसायीसँग बार्गेनिङ गरेको अभियोगमा नेपाल प्रहरीका एक सई पक्राउ

पूर्णपुष्टि, मंसिर २८
व्यवसायीसँग मुद्दा मिलाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा काठमाडौंबाट नेपाल प्रहरीका एक जना प्रहरी नायब निरीक्षक (सई) पक्राउ परेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा कार्यरत विष्णु ढुंगाना ठगी गरेको अभियोगमा पक्राउ परेको हो ।
महानगरीय प्रहरी परिसर, काठमाडौंका अनुसार सम्पत्ति शुद्धीकरण विभागमा भएको मुद्दा मिलाइदिन भन्दै ढुंगानाले बार्गेनिङ गरेको उजुरी प्रहरीमा पुगेको थियो ।
उजुरीका आधारमा छानविन गर्दा ढुंगानाको संलग्नता देखिएपछि अपराधिक लाभ सम्बन्धी कसूरमा ५ दिन म्याद थप गरेर अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

स्रोतका अनुसार पीडितले आफूलाई निजामतीतर्फको अनुसन्धान अधिकृत बताउने अर्का एक व्यक्तिले पनि आफूसँग बार्गेनिङ गरेको बताएका छन् । तर उनको परिचय खुलेको छैन ।
ढुंगानाले ती व्यवसायीसँग आफू विभागमा कार्यरत प्रहरी निरीक्षक भएको परिचय दिएका थिए । उनीहरुले व्यवसायीलाई २० लाख रुपैयाँ मागेको स्रोतको भनाई छ ।