Thursday, May 7News That Matters

शक्तिको आडमा गुपचुप बन्दै जग्गा हिनामिना विषय

कात्तिक १ गते ।

शक्तिको आडमा हिनामिना तथा अतिक्रमणमा परेका सरकारी, सार्वजनिक र गुठी जग्गाको विषय गुपचुप बन्दै गएको छ । प्रभावशाली व्यक्तिको आडमा जग्गा हिनामिनाका विषय गुपचुप बन्दै गएको उच्च स्तरीय भूमि आयोगका सदस्य तथा भूमि सुधारका जानकार बताउँछन् ।

जग्गा हिनामिनामा प्रभावशाली व्यक्तिहरूको संलग्नता रहने गरेको जानकारहरु बताउँछन् । त्यसैले पछिल्लो समयमा आएर केन्द्रदेखि स्थानीय तहसम्मका जग्गा हिनामिनाको विषय गुपचुप बन्दै गएको पाइएको हो ।

बालुवाटारको सरकारी जग्गा माफिया र मालपोत कर्मचारीको मिलेमतोमा व्यक्तिगत बनाइएको पुष्टिसँगै सरकारले आयोगमार्फत छानबिन थालको थियो । तर, अपेक्षित रूपमा जग्गा अपचलनका विषय भने छानबिनको घेरामा पर्न सकेको छैन ।

यो समाचार आजको राजधानी दैनिकमा  छापिएको छ ।