
बहेडुवा/असोज, २९
त्रियुगा नगरपालिका १३ बहेडुवा स्थित साहारा कृषि संस्थाले आफ्नो सातौ बार्षिक साधारण सभा सँगै तेस्रो अधिवेशन बिहिवार गरेको छ । विगत लामो समय देखि संञ्चालन हुदै आएका यस संस्थाले आर्थिक बर्ष ०७५/०७६ को बार्षिक प्रतिवेदन र आर्थिक प्रतिवेदन सहित साधारण सभा र अधिवेशन गरेको हो । ४० जना सियर सदस्यहरु बाट गन्तव्य बढाएको यस संस्थाले अहिले कुल ३३० जना सियर सदस्यहरु बनाई सकेको छ ।

संस्थाले कृषकहरुलाई एकजुट गराउनुका साथै बचत गर्ने बानिको विकासमा योगदान पुराएको साहरा कृषक समूहका अध्यक्ष सिताराम चौधरीले बताए ।
उनले संस्थामा आबद्ध भएका सदस्यहरुले कृषि क्षेत्रहरुमा थुप्रै सेवा सुविधाहरु लिन सकिरहेको बताए । संस्थाले सियर सदस्यहरुलाई सुलभ रुपमा त्रृण लगानी, तरकारी खेतीमा तालिम, बिउबिजनमा सहयोग, कृषकहरुलाई नयाँ प्रविधिको व्यवस्था , कृषकहरुको लागि नगरपालिका, कृषि र बित्तिय संस्थाहरु बाट सहयोगको पहल जस्ता थुप्रै कामले सहज गराएको पनि चौधरीले बताए ।

संस्थाले कार्यक्रममा साहारा कृषि सहकारी संस्थामा सदस्य रहेका ८५ बर्ष माथिका जेष्ठ नागरिकहरुलाई अभिनन्दन गरेको छ । संस्थामा आबद्ध भएका ८ जना जेष्ठ नागरिकहरुलाई दौसाला ओढायर अभिनन्दन गरेको हो ।

यसरी नै संस्थामा सियर सदस्य रहेका अविभावको बिद्यार्थीहरुलाई पनि सम्मान गरिएको छ । उनिहरुले एसइइ मा राम्रो मार्क लिएर पास गरेको भन्दै सम्मान गरेको हो ।
संस्थाले ५ जना नव दुलहीहरुलाई पनि अभिनन्दन गरेको छ । सहारा कृषि सहकारी संस्थामा सदस्य रहेकी नवदुलहीहरुलाई रातो दौसाला ओडाएर सम्मान गरेको हो ।

कार्यक्रमको उद्घाट जिल्ला समन्व समितिका प्रमुख खड्ग परियारले गरेका थिए, भने अन्य अतिथिहरुमा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाका प्रमुख सरोजकान्त अधिकारी, समाज सेवी समूहका संयोजक विनोद कार्की, सहारा सहकारी कृषि समूहका सल्लाहकार दिर्गलाल चौधरी, त्रियुगा नगरपालिका १३ का वडा सदस्य मान वहादुर मगर, बहेडुवा सामुदयिक वन उपभोक्ता समूहका अध्यक्ष नवराज कार्की लगाएत रहेको थिए । कार्यक्रम संञ्चालन प्रभा चौधरीले गरेकी थिइन् ।
