Tuesday, April 21News That Matters

शसस्त्र प्रहरी पोष्टमा आक्रमण गर्ने भारतीय युवकको मृत्यु

पूर्णपुष्टि, जेठ ३० गते । 

सर्लाहीको नेपाल–भारत सीमा क्षेत्रको सशस्त्र प्रहरी पोष्टमा भारतीय नागरिकले आक्रमण गर्दा सशस्त्र प्रहरीको जवाफि फाईरिङमा एक जना भारतीय नागरिकको मृत्यु भएको छ ।

भारतीय नागरिकहरुले प्रहरी पोष्टमा आक्रमण गरी सशस्त्र प्रहरीको हतियार खोसेर भाग्न थालेपछि सशस्त्र प्रहरीको जवाफी फाईरिङमा भारत सितामाढी जिल्ला पिप्रा प्रर्सैनी पंचायताका २७ वर्षीय विकेश कुमारको मृत्यु भएको हो छ ।

एक सय जना भन्दा बढीको समूहमा आएका भारतीयले नारायणपुरमा रहेको सशस्त्र प्रहरी पोष्ट माथि घेरा हालेर हतियार खोसेको सशस्त्र प्रहरीले जनाएको छ । भारतीय समूहले खोसेर लगेको हतियार सशस्त्र प्रहरीले फिर्ता ल्याएको छ ।

भिडलाई नियन्त्रणमा लिन सशस्त्र प्रहरीले १० राउण्ड फायर गरेको जाईएको छ । सशस्त्र प्रहरीको गोली लागेर तीन जना भारतीय नागरिक घाइते भएका छन् भने भारतीय नागरिकको आक्रमणबाट चार जना सशस्त्र प्रहरी घाइते भएका छन् ।

घाइते प्रहरीको  जिल्ला अस्पताल मंलगवामा उपचार भैरहेको छ भने भारतीय नागरिकको भारतमै उपचार भैरहेको जनाईएको छ ।

भारतीय नागरिकहरुले भने सशस्त्र प्रहरीले गाँउमा नै पसेर आफूहरु माथि दुर्व्यवहार गरेको आरोप लागएका छन् । भारतीय नागरिकले नारायणपुर नाकाबाट सामान बोकेर सजिलै नेपाल छिर्न पाउनुपर्ने भन्दै सशस्त्र प्रहरी पोष्ट घेराउ गरेका थिए ।

अहिले घटनास्थलमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र भारततीय सीमा सुरक्षा बलका अधिकारीहरु बिच छलफल भैरहेको छ । नारायणपुर सीमा नाका भारतीय तस्करहरुले विभिन्न मालसमान नेपाल भित्र्याउने तस्करी नाकाको रुपमा परिचित छ ।

सशस्त्र प्रहरीको ड्युटी परिवर्तन हुने मौका छोपेर भारतीय तस्करले नेपाल तर्फ त्यस नाकाबाट कपडा, खाद्यान्न, भाँडाकुडा, रसायनिक मल लगायत अन्य समान ल्याउने गरेका छन् ।

केही दिन पहिले पनि भारतीय समान नेपाली बजारमा बिक्री गर्नु पाउनु पर्ने माग राख्दै भारतीयहरुले विष्णु गाउँपालिकामा रहेको सशस्त्र प्रहरीको सीमा सुरक्षा पोष्टमाथि आक्रमण गरेका थिए।