Tuesday, April 21News That Matters

सरकार विरुद्ध गाईघाटमा पनि बिरोध प्रदर्शन

पूणर्पुष्टि, जेष्ठ, ३०

गाईघाट, अहिले देशका बिभिन्न ठाउँमा सरकार विरुद्ध चर्को प्रदर्शन भइरहेको छ ।

नेपालमा कोरोना भाइरसको लागि सरकारले उच्च कदम र खास कामहरु गर्न नसकिरहेको अवस्थामा पनि खर्च भने १० अर्ब सकिएको सरकारको घोषणालाई लिएर स्वतन्त्र युवाहरुले यसको हिसाव कितावको खोजिरहेका छ ।

काठमाण्डौँको माइतिघरमा केहिदिन अघि देखि युवाहरुले घेराउ तथा विरोधको कार्यक्रमहरु गरिरेहको छ । यसै सन्दर्भमा गाईघाटमा पनि स्वतन्त्र युवाहरुले शुक्रबार गाईघाटको पिपलचोकमा शान्तिपूणर् प्रदर्शन गरेको छ ।

नेपालको सन्दर्भमा यो निकै ठुलो बजेट रहेको भएपनि कोरोना रोकथाम र चेकजाँचमा पहुँच नपुगेको भन्दै विरोध गरेको हो । नेपाल सरकारले पछिल्लो समय पिसिआर परिक्षणमा वेवस्ता गरेको र खर्च भने ठुलो देखाएको भन्दै विरोध भएको हो ।

उनिहरुले बिभिन्न माग सहित प्रदर्शन गरेको छ । बिषेश गरी खर्चमा सरकारले कुनै पार्दर्शिता नदेखाएको र यसको सत्य तथ्य हिसाव किताब हुनु पर्ने उनिहरुले माग रहेका छन् ।

उनिहरुले सरकारलाई दश अर्ब खै भनि बाराम्बार पम्प्लेट बाट प्रश्न गरिरहेका छन् । जनता कोरोनाले होइना सरकारको लापर्वाहीले मर्दछ, कुर्सि मुनि कार्पेट कार्पेट मुनि जनता, सरकारले जनताको उद्धार गरेको की जनताले सरकारको उद्धार, हामि बाँच्ने धरापमा तिमि बाँच्ने अरबमा, लगाएतका पम्प्लेट सहित पिपलचोकमा करिब १ घण्टा उभिएर शान्तिपूणर् प्रदर्शनका साथै राष्ट्रिय गित गाएर कार्यक्रम सम्पन्न गरेको हो ।

उनिहरुले यसको पार्दर्शि हिसाव किताब र पिसिआर परिक्षण्का दायरा बढाइ जनताहरुलाई सुरक्षा दिनु पर्ने माग राखेका छन् । यदि सरकारले अटेरी गरेमा कडाई कदमका साथ आफुहरु सडकमा उत्रिने युवाहरुले बताएका छन् ।

गाईघाट, असारी, बगाहा, देउरी, जलजले लगाएतका युवाहरु प्रदर्शन उििस्थत रहेका थिए ।

फोटो फिचर