
गाईघाट, पुष, १
स्वर्गिय निलहरी खतिवडाको चौमाषिक अवसर पारेर गाईघाट स्थित त्रियुगा शान्तितधाम वैदिक गुरुकुलका बटुकहरुलाई जाडोमा लगाउने सुइटर र खाद्यन्न सामाग्री मंगलबार एक कार्यक्रमको विच वितरण गरिएको छ ।
त्रियुगा नगरपालीका १२ शान्तिधाम स्थित संस्कृत विद्यालयका बटुकहरुलाई १ नं प्रदेशका साम्सद अम्बिका थापा त्रियुगा नगरपालिका १२ नं वडाका वडा अध्यक्ष विक्रम राई लगाएतले सामाग्री प्रदान गरेको हो ।
स्वर्गिय खतिवडाको कान्छि छोरी बालकुमारी खतिवडाले आफ्नो बुवाको चौमाषिक तिथिको अवसरमा धाममा रहेका बटुकहरुलाई बस्त्रदान र खाद्यन्न प्रदान गरेको हो ।
खतिवडाको सम्झनामा पहिलो महिना भोजन, ४५ औँ दिनमा आर्थिक सहयोग र खानपिन, दोमाषिकमा बस्त्रदान, र चौमाषिकमा जाडोमा लगाउने सुइटर र खाद्यन्न वितरण गरिएको स्वर्गीय निलहरी खतिवडाको कान्छि छोरी बाल कुमारी खतिवडाले बताईन् ।
हिन्दु धर्मको संरक्षण र संवर्धनमा सबैको पहल रहोस र शान्तिधाम संस्कृतिक पाठसाला गुरुकुल लाई संरक्षण गर्ने भन्दै त्यहाँका सबै बटुकहरुलाई सुइटर र खाद्यन्न वितरण गरिएको उनिले बताईन् । 
