Saturday, June 6News That Matters

सवारी दुर्घटनामा १ बालिकाको मृत्यु

उदयपुर, पुस १ गते ।

चौदण्डीगढीको सुगारेमा ट्याक्टरबाट लडेर एक जना बालिकाको मृत्यु भएको छ । चौदण्डिगढी नगरपालिका–२ सुगारेको भित्रि सडक खण्डमा ट्याक्टरबाट लडेर रोशिका कार्कीको मृत्यु भएको हो ।

उत्तरबाट दक्षिण तर्फ जादै गरेको को २ त ६२५१ नम्बरको ट्याक्टरमा सवार स्थानीय ७ बर्षिया बालिका सोमबार दिउँसो करिब साढे १२ बजे ट्याक्टरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

लडेर घाईते भएकी कार्कीको उपचारको लागि तत्काल बेल्टारको शुभकामना मेडिकलमा ल्याई उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

ट्याक्टर र ट्याक्टर चालकलाई ईलाका प्रहरी कार्यालय बेल्टारले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।