Monday, June 29News That Matters

शान्ति मिसनमा निगमले उडान गर्ने

पूर्णपुष्टि, असार १८

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स) ले यूएनको शान्ति मिसनमा खटिने नेपाली सेनालाई लैजान अफ्रिकन देशमा चार्टर्ड उडान गर्ने भएको छ ।

नेपाली सैनिकलाई संयुक्त राष्ट्र सङ्घ (यूएन) को शान्ति मिसनमा लैजान नेपाल एअरलाइन्सको चार्टर्ड उडान सेन्ट्रल अफ्रिकन रिपब्लिक र मालीमा गर्ने भएको निगमको अपरेशन विभागले जनाएको छ ।

निगमको बजार विविधीकरणको योजना अनुरुप संयुक्त राष्ट्र सङ्घको सेन्ट्रल अफ्रिकन रिपब्लिकन र मलिकोमिनुसामा नेपाली सेनालाई लैजाने सम्बन्धमा आज निगम र नेपाली सेनाका उच्च अधिकारीबीच सम्झौता भएको हो ।

सम्झौतानुसार मिसनका लागि खटिने नेपाली सेनालाई आगामी आसार २४ गते अर्थात् जुलाई ८ तारिखमा वाइडबडी जहाजमार्फत अफ्रिकन रिपब्लिक र माली लगिने भएको छ ।

निगमको वाइडबडी जहाज काठमाण्डौबाट कतारको दोहामा प्राविधिक उडान गर्दै त्यहाँबाट सेन्ट्रल अफ्रिकन रिपब्लक पुग्ने जनाइएको छ । त्यही जहाजबाट शान्ति मिसनमा रहेका ती देशबाट सैनिक स्वदेश फर्काइनेछ । नयाँ गन्तव्यको चार्टर्ड उडानलाई कम्पनीले चुनौती र अवसर दुवै रुपमा लिएको जनाईएको छ ।