Monday, April 20News That Matters

शिक्षा अधिकृतमाथि कुटपिट गरेको आरोपमा शान्तिनगर गाउँपलिका २ का वडाध्यक्ष पक्राउ

पूर्णपुष्टि, असार ८ । दाङको शान्तिनगर गाउँपालिकाका शिक्षा अधिकृत सुमन पाण्डेलाई कुटपिट गरेको आरोपमा वडा नं २ का अध्यक्ष सुनिल वलीलाई प्रहरीले पक्राउ गरेको छ

अधिकृत पाण्डेलाई कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालय दाङले शुक्रबार वलीलाइ पक्राउ गरेको हो । दाङका डिएसपी राजनकुमार गौतमका अनुसार वडाध्यक्ष वलीले बिहीबार दिउँसो गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा बिवाद हुदा शिक्षा अधिकृतलाई कुटपिट गर्दै कागजात च्यातेका थिए । इलाका प्रहरी कार्यालय तुलसीपुरमा अध्यक्ष वली विरुद्ध उजुरी परेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।