Wednesday, April 22News That Matters

शिक्षा मन्त्रालयद्वारा ‘करिअर काउन्सिलिङ’ वेबसाइट लन्च

पूर्णपुष्टि, असार १८ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबार विद्यार्थीहरूका लागि ‘करिअर काउन्सिलिङ’ वेबसाइट सार्वजनिक गरेको छ। यो वेबसाइटले विद्यार्थीहरूलाई उनीहरूको रुचि र क्षमता अनुसार पेशा तथा व्यवसाय छनोटमा मार्गदर्शन गर्ने लक्ष्य राखेको छ।

वेबसाइटमा निम्न सुविधाहरू उपलब्ध छन् :

१. पेशागत जानकारी
२. छात्रवृत्ति सम्बन्धी सूचना
३. करियर असेसमेन्ट टुल
४. सफल व्यक्तित्वहरूका कथाहरू
५. पेशागत विशेषज्ञहरूसँगको पोडकास्ट

शिक्षामन्त्री सुमना श्रेष्ठले यो पहलले विद्यार्थीहरूलाई उनीहरूको भविष्यको करियर निर्माणमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरिन्।