
झापा, बैशाख १८ गते ।
झापाको दमक नगरपालिका–३ बेलडाँगीमा रहेको भुटानी शरणार्थी शिविरमा आगलागी हुँदा ४ घर जलरे नष्ट भएको छ ।
आज विहान राती करिब २ बजे शिविरको वि हट नम्बर २६० टिकाराम चापागाईको घरबाट एक्कासी आगलागी हुदा करिब १७ लाख ३५ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
चापागाईको घरबाट लागेको आगो पदम चापागाई, रुपनारायण दुलाल र हर्कबहादुर सुब्बाको घर जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
प्रहरी, स्थानीयवासी र दमकलको सहयोगमा राती साँढे ३ बजे आगो पुर्ण रुपमा नियन्त्रणमा आएको थियो भने कुनै मानवीय र पशु चौपायाको क्षति नभएको ईप्रकाले जनाएको छ ।
