Thursday, May 28News That Matters

मोटरसाईकल दुर्घटनामा चालकको मृत्यु

मोरङ, बैशाख १८ गते । 

मोरङको बेलवारीमा मोटरसाईकल दुर्घटना हुदा चालकको मृत्यु भएको छ । बेलबारी नगरपालिका–८ राधानगरमा मोटरसाईकल दुर्घटना हुदा चालक सौजन कार्कीको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् ।

गतराती सवा ११ बजे राधानगरको भित्री सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको को २८ प ७४५४ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई रूखमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाईते भएका मोटरसाईकल चालक स्थानीय २१ बर्षीय कार्कीको नोवेल अस्पतालमा उपचारको क्रममा राती साँढे १२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही मोटरसाईकलको पछाडी सवार रहेका स्थानीय २२ बर्षीय साने तामाङको नोबेल अस्पतालमा उपचार भईराखेको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।