
पूर्णपुष्टि, चैत २ गते ।
आजदेखि शेयर बजारमा दैनिक पाँच घण्टा कारोबार सुरु भएको छ । बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म कारोबार हुँदै आएकोमा आइतबारदेखि दिउँसो ४ बजेसम्म कारोबार हुने भएको हो ।
बिहान साढे १० बजेदेखि ११ बजेसम्म प्रारम्भिक कारोबार र ११ देखि ४ बजेसम्म बोलकबोल र अन्तिम कारोबार हुने नेप्सेले जनाएको छ । नेप्सेको नियामक निकाय नेपाल धितोपत्र बोर्डले फागुन ३० गते पत्र पठाएर कारोबार समयावधि बढाउन निर्देशन दिएको थियो ।
अन्र्तराष्ट्रिय अभ्यास पाँच घण्टा कारोबार गर्ने रहेकोले कारोबारको समय बढाइएको धितोपत्र बोर्डले जनाएको छ । परिक्षणको रुपमा कारोबार समय बढाइएको हो । कारोबार समय बढाउँदा लगानीकर्तालाई सहज हुने बोर्डको दाबी छ ।
