
पूर्णपुष्टि, चैत २ गते ।
सरकारले अति आवश्यक कामबाहेक अरु समयमा नाकामा आवात जावत बन्द गर्नेे रणनीति अपनाउने भएको छ । कोरोना रोकथाम उच्चस्तरीय समितिको बैठकले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नेपाल प्रवेश गर्न नदिन नाकामा आवत जावत बन्द गर्ने रणनीति अपनाउने निर्णय गरेको हो ।
टेकु अस्पतालमा जस्तै सात वटै प्रदेशमा परीक्षण प्रयोगशाला बनाउने बैठकले निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले सार्वजनिक खरिद ऐन अनुसार खरिद गर्दा ढिलाइ हुने भएकाले फास्ट ट्¥याकमार्फत मास्क (मुखावरण) लगायत आवश्यक सामग्री किन्ने निर्णय पनि गरेको छ ।
संघ, प्रदेश र पालिकाबीचको छलफललाई नियमित गर्ने र आपूर्तिलाई सहज बनाउने निर्णय भएको बैठकमा सहभागीहरुले बताएका छन् ।
अहिलेसम्म अवस्था ठिकै रहेको भएपनि भाईरसको संक्रमण भइहालेमा व्यवस्थापन गर्न गाह्रो हुने तर्फ मुख्यमन्त्रीहरुले केन्द्र सरकारको ध्यानाकर्षण गराएका हुन् । संक्रमण नियन्त्रण र रोकथामका लागि आवश्यक औषधि तथा अन्य सामग्रीको खरिद प्रक्रिया सहज बनाउन पनि सुझाएका छन् ।
