
पूर्णपुष्टि, १५ वैशाख । यहि आउँदो १६ गते हुन गैरहेको त्रियुगा नमुना मा.वि गाईघाटका शिक्षक अविभावक संघको निर्वाचनमा लोक वहादुर तामाङले अध्यक्ष पदको उम्मेवादरी दिएका छन् । त्रियुगा नगरपालिका १२ डिएमगेट निवासी तामाङले आफ्नो उम्मेदावरीको मुख्य कारण गुणस्तर शिक्षा र पारदर्शीता सँगै अभिभावक, शिक्षक, विद्यार्थी सबैको हितका लागि रहेको जनाए । बिभिन्न क्षेत्रहरुमा लामो समय काम गर्दै हरेक अनुभवहरुमा पोख्त तामाङले अब विद्यार्थी, शिक्षक, अविभावकहरुको नेतृत्व गर्ने जनाए । तामाङले आफुले यस विद्यालयको नेतृत्व गर्न पाएमा विद्यालयको नियमित पठनपाठन, शैक्षिक गुणस्तर, शैक्षिक शुल्क र सेवा सुविधाहरुलाई सर्वशुलभ र पारदर्शी, नियमित अनुगमन, मुल्यांकन, भेटघाट तथा अन्तरक्रिया, विद्यार्थी, अभिभावक र शिक्षकलाई जवाफदेहिता लगायतका समस्यालाई सहज गराउने जनाए । तामाङ संग दुई प्रतिस्पर्धिहरु समेत अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । उनले किताव चुनाव चिन्ह लिएर उम्मेदवारी दिएका छन् ।

तामाङ्को प्रतिवद्धता यस प्रकारको छ ।

