
पूर्णपुष्टि, जेष्ठ १०
सुनसरीमा आफ्नै श्रीमतीको पूर्वपतिका छोरी जबर्जस्ती करणी गर्न खोज्ने एक पुरुष पक्राउ परेको छ । । रामधुनी नगरपालिका–८ का ३५ वर्षीय पुरुष आफ्नै श्रीमतीको पूर्वपतिबाट जन्मीएको छोरी करणी गर्न खोजेको आरोपमा पक्राउ परेको हो ।
इनरुवा नगरपालिका–८ बङ्लवा पूर्वी टोलबाट श्रीमतीको पहिलो पतिबाट जन्मीएको छोरी घरमा आएको बेला करणी गर्न खोजेको आरोपमा उक्त पुरुष पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
जिप्रका सुनसरीका प्रमुख एसपी कमल थापाले अभियुक्तमाथि जेठ ५ गते राति आफ्नी आमालाई भेट्न आएकी ९ वर्षीया छोरीलाई करणी गर्ने प्रयास गरेको उजुरी परेकाले पक्राउ गरिएको बताए ।
इलाका प्रहरी कार्यालय डुम्राहाको टोलीबाट आज बिहान पक्राउ पर्ने आरोपित इनरुवा नगरपालिका–३ मा डेरा गरी अस्थायी रुपमा बस्दै आएका छन् । उनलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
