Wednesday, June 17News That Matters

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

पूर्णपुष्टि, चैत ३ । मोरङको बेलबारी नगरपालिका–१ का ५७ बर्षीय हेम कर्ण महतलाई आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । गत फाल्गुन २५ गते उनले घरायसी वादविवादको कारण ५३ बर्षीया श्रीमती देवि महतलाई टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए ।

श्रीमतीको हत्या गरी घटना स्थलबाटै फरार भएका महतको खोज तलासको क्रममा इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले बिहिवार दिउसो पथरी शनिश्चरे नगरपालिका–१० स्थित बसपार्कबाट पक्राउ गरेको हो । पक्राउ परेका महतको इलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।