
पूर्णपुष्टि, साउन २८ । मोरङमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । सुन्दरहरैचा नगरपालिका–१० बागझोडाका ५८ बर्षीय लक्ष्मण नेपाललाई आफ्नै श्रीमती ४१ बर्षीया पबित्रा फुयल (नेपाल) को हत्या गरेको आरोपमा पक्राउ गरिएको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका अनुसार आइतबार बिहान ११ बजे दुबैजना बिच घरायासी बिषयमा सामान्य वाद बिबादको क्रममा लक्ष्मण नेपालले धारिलो हतियार खुकुरीले शरिरको बिभिन्न भागमा प्रहार गर्दा पबित्रा घाईते भएकी थिइन् । घाईते पबित्रालाई उपचारको लागी नोबेल अस्पताल बिराटनगर लगिएकोमा अस्पताल पुर्याउन साथ उनको मृत्यु भएको प्रहरीले जनाएको छ । हत्यामा संलग्न नेपाललाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएर घटना सम्बन्धमा आवश्यक थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
