
पूर्णपुष्टि, फागुन ७ । मोरङमा श्रीमतीको हत्या गरी श्रीमानले आत्महत्या गरेका छन् । बेलबारी नगरपालिका–१ स्थितमा ६० बर्षीय बम बहादुर लिम्बुले आफ्नै श्रीमती ४५ बर्षीय गिता लिम्बुको हत्या गरी आत्महत्या गरेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।
मंगलबार दिउँसो साढे १ बजे लिम्बुले श्रीमती गितालाई धारिलो हतियार दाउले शरिरको बिभिन्न भागमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । श्रीमतीको हत्या पश्चात लिम्बुले समेत सोहि दाउले आफ्नै घाँटी रेटी घाईते भई उपचारको लागि नोबेल अस्पताल बिराटनगर पुर्याउन साथ मृत्यु भएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
