Tuesday, June 9News That Matters

श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

पूर्णपुष्टि, असार ४ 

श्रीमतीको हत्या आरोपमा दाङबाट एकजना पुरुष पक्राउ परेको छ । घोराही उपमहानगरपालिका–३ बेलुवाका मुकुन्दलाल चौधरीलाई श्रीमतीको हत्या आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

हिजो बेलुकी घरायसी विवादका क्रममा ५७ वर्षका चौधरीले बन्चरो प्रहार गर्दा ४६ वर्षकी स्यानाकुमारी चौधरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।