Thursday, July 30News That Matters

हत्या गरी फरार भएका एकजना पक्राउ

पूर्णपुष्टि, असार ४

झापामा हत्या गरी फारार रहेका एकजना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । मेचीनगर नगरपालिका– ५ का ४० वर्षीय भिमराज लिम्बुको हत्या गरी फरार रहेका सोही स्थानका ५६ वर्षीय सुकराज लिम्बुलाई प्रहरीले पक्राउ गरेको हो ।

मेचीनगर नगरपालिका–५ ईटाभट्टा अधेरी टोल स्थित ग्राबेल बाटोको छेउमा घाँटीमा कपडाको क्र्याक ब्यान्डेजले बाँधिएको र मुखबाट रगत आइरहेको अवस्थामा  भिमराज मृत अबस्थामा फेला परेका थिए । तत्काल घटनास्थलमा ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरीले उनको हत्या भएको पुष्टी गरे सँगै घटनामा संलग्न भई फरार रहेका सुकराजलाई पक्राउ गरेको हो ।

पक्राउ परेका सुकराजले आपसी झगडा हुदाँ खुट्टामा बाध्ने क्र्याक ब्यान्डेजले मृतकको घाँटीमा बाधी घटना घटाएको अनुसन्धानको क्रममा स्विकार गरेका छन् । उनी उपर थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको प्रहरीले जनाएको छ ।