Monday, June 29News That Matters

श्रीमानको हत्या आरोपमा १ महिला पक्राउ

पूर्णपुष्टि, जेठ २६ गते । 

आफ्नै श्रीमानको हत्या गरेको आरोपमा सल्यानमा एक महिला पक्राउ परेको छ । त्रिवेणी गाउँपालिका–६ भुम्केज्युलाको ३६ वर्षिया महिलाले आफ्नै ३८ वर्षीय श्रीमान डिल्ली बहादुर घर्तीको हत्या गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

गतराती राति साढे ८ बजेतिर आफ्नै घरमा काठ चिर्ने फलाम प्रहार गर्दा गम्भीर घाइते भएका डिल्लीको सल्यान जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।