
पूर्णपुष्टि, जेठ २६ गते ।
आजदेखि भारतमा कोरोनाको प्रभाव कम भएको ठाउँमा किनमेल केन्द्र, रेष्टुरेन्ट र धार्मिक स्थल खुल्ने भएको छ ।
भारत सरकराले लकडाउनका कारण अर्थतन्त्र नै धरापमा पर्ने अवस्था आउन लागेको भन्दै आजदेखि किनमेल केन्द्र, रेष्टुरेन्ट र धार्मिक स्थल खोल्ने निर्णय गरेको हो ।
व्यक्तिगत दुरी, अनिवार्य मास्क, स्यानिटाइजर र ज्वरो नाप्ने व्यवस्था हुनुपर्ने नियम पालना गरेर यी स्थलहरु खोल्ने निर्णय गरिएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कोरोनाको संक्रमण तीव्र गतिमा फैलिरहेको क्षेत्रमा भने यो नियम लागू नहुने जनाईएको छ । पछिल्लो २४ घण्टामा मात्रै भारतमा ९ हजार ९ सय ७१ जना नयाँ संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।
अहिले भारतमा कोरोना संक्रमितको संख्या २ लाख ५७ हजार नाघेको मन्त्रालयले जनाएको छ ।
