
पूर्णपुष्टि, असार ७ गते ।
धरानबाट प्रतिबन्धित औषधीसहित श्रीमान श्रीमती नै पक्राउ परेका छन् । धरान–५ झोडापाटाबाट ठुलो मात्रामा प्रतिबन्धित औषधीसहित २५ वर्षीय बिपना तामाङ र २१ वर्षीय जनिस राईलाई पक्राउ परेका हुन् ।
उनीहरूको साथबाट स्पासपाम १६१० ट्याब्लेट र ट्रामडोल १५० र १२९० ट्याव्लेट बरामद भएको हो । पक्राउ परेका दुवै जनालाई औषधीसहित औषधी व्यवस्था विभाग विराटनगर पठाइएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी बुद्ध श्रेष्ठले बताए ।
