
पूर्णपुष्टि, भदौ २०
झापाको मेचीनगर नगरपालिका–१५ स्थितबाट श्रोत नखुलेको रकम सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–१५ निलकोठी बस्ने ३० बर्षीया अप्सरा राजबंशी र स्थानिय ४३ बर्षीय मोहमद मोसाद आलम रहेका छन् ।
हिजो बिहान ११ बजे बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारी र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले राजबंशीको घर कोठा खानतलासी गर्दा श्रोत नखुलेको नगद १० लाख ८२ हजार ५ सय नेपाली रुपैया र डिजिटल मिनि तराजु २ थान बरामद गरेको हो ।
श्रोत नखुलेको रकम र समान बरामद भए संगै राजबंशी र संकित अवस्थामा सोही घरमा रहेका आलम समेतलाई पक्राउ गरेको हो । पक्राउ परेका दुबै जनाको आवश्यक थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ ।
