
पूर्णपुष्टि, फागुन २८ । १० बर्षे जनयुद्धको बिषयमा संक्रमणकालिन न्यायनिरुपनको चर्चा परिचर्चा बारे चार दलले घम्भीर ध्यानाकर्षण गरेको छ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र, नेपाल कम्युनिष्ट पार्टी, नेपाल कम्युनिष्ट पार्टी (बहुमत) र बैज्ञानिक समाजवादी पार्टीले संयुक्त बिज्ञाप्ती जारी गर्दै यस बिषयमा भैरहेको चर्चा परिचर्चाको घोर भर्तसना गरेको हो । १० बर्षे जनयुद्ध माओवादी र ७ दल सँग भएको १२ बुद्धे सहमति ६२–६३ को जनआन्दोलन पछि भएको बृहत शान्ति सम्झौता जनयुद्ध र जनआन्दोलन सँग सम्बन्धित संक्रमण कालिन न्यायको बिषय सत्य निरुपन तथा मेलमिलाप आयोग मार्फत टुँग्याउने सहमित भएको सर्वविधितै छ । यद्यपी संक्रमणकालिन न्यायनिरुपनको सन्दर्भमा बिभिन्न किसिमको चर्चा परिचर्चा प्रति हामि सबैको ध्यानाकर्षण भएको छ, बिज्ञाप्तीमा भनिएको छ । शान्ती सम्झौता र परिवतनका विरुद्ध हुने जनसुकै क्रियाकलापको शसक्त प्रतिरोध गर्न हामि सबै एक ढिक्का हुने र बिभिन्न समयमा राज्य सँग गरिएको सम्झौता र सहमतिको अक्षरस कार्यन्वयन हुनु पर्ने बिज्ञाप्तीमा माग राखिएको छ ।
