Sunday, June 21News That Matters

संचारकर्मी एवम् कलाकार गाेठकृष्णलाइ पत्नीशाेक

पूर्णपुष्टि, जेठ ४ ।

उदयपुरका संचारकर्मी तथा कलाकार गोठकृष्ण ठकुरीलाई पत्नीशोक परेको छ । दोस्रो लहरको कोरोनाले आजविहान वहाँको धर्मपत्नीको निधन भएको छ । उहाँकी धमृपत्नी ३५ वर्षिया  मृदुल ज्यू ठकुरीको विहान निधन भएको कलाकार ठकुरीले बताउनुभयो ।

नोबेल अस्पताल विराटनगरले उपचारपछि कोरोना परिक्षणको दोस्रो रिपोर्ट नेगेटिभ देखाएपछि उहाँले धर्मपत्नीलाई त्रिनपा ३ मोतिगडास्थित घर ल्याउनु भएको थियो । एक्कासी विहान २ बजेतिर स्वास्थ्यमा समस्या आइ निधन भएको उहाँले बताउनुभयो । एक्कासी शरीरमा अक्सिजनको कमी देखाएको र साथमै ल्याएको अक्सिजन दिदा पनि काम नगरेको उहाँले बताउनुभयो । अस्पतालले नेगेटिभ देखाएपछि घर फर्किएको विरामीको मृत्यु भएपछि अस्पतालको परिक्षण नै गलत होकी भन्ने आशंका बढेको छ ।