Wednesday, June 10News That Matters

संविधानको धारा एघार अनुसार नागरिकता वितरण गर्नु राष्ट्रघात ः माओवादी मजदुर पार्टी

पूर्णपुष्टि, जेष्ठ १४

नेपालको संविधान धारा एघार दफा ३ मा जन्मको आधारमा नागरिकता वितरण कानुन बनेको बारे माओवादी मजदुर पार्टीले आपत्ति जनाएको छ । सोहि अनुसार अहिले सरकारले ल्याएको नागरिकता अध्यायदेशको बिरोध गर्दै पार्टीले यसलाई तत्काल संविधानलाई नै संसोधन गर्नु पर्ने बताएको छ ।

पार्टीको केन्द्रीय माहासचिव हिमाल सिंह राईले नेपालमा अंङगकृत नागरिकता पाएको शन्तानहरुलाई जन्मगत नागरिकता दिने र फेरी जन्मगत नागरिकता पाउनेको छोराछोरीहरुलाई बंशगत नागरिकता दिने कार्य अबैध रहेको जनाएको छ ।

राईले यसरी ल्याएको नागरिकता अध्यायदेश निकै घातक र खतरनाक रहेकाले नेपाली जनताहरुले बुझ्न र यसको तत्काल बिरोधमा उत्रिन अनुरोध गरेको छ । सरकारले अहिले गरिरहेको यो कार्यले देशलाई बिलय गराउन खोजेको उनले बताए । पार्टीले यसलाई तत्काल ख्यारेज गरेर संविधानको धारानै वदल्नु पर्ने माग गरेको छ ।