Thursday, June 11News That Matters

स्वास्थ्यकर्मी माथी हातपात गर्नेलाई ज्यान मार्ने उद्योगमा प्रहरीले मुद्धा चलायो

पूर्णपुष्टि, जेष्ठ १४

बाँके स्थित भेरी अस्पतालमा गएराति स्वास्थ्यकर्मी तथा चिकित्सकलाई हातपात गर्ने ब्यक्ति उपर ज्यान मार्ने उद्योगमा प्रहरीले मुद्धा चलाएको छ ।

स्वास्थ्यकर्मी तथा चिकित्सहरु माथी हातपात भएको भन्दै अस्पतालका सम्पूर्ण स्वास्थ्यकर्मी तथा चिकित्सकहरुले बिरोध जनाएका थिए । बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल र लुम्बिनी प्रदेशका डीआईजी रवीन्द्र धानुकले सुरक्षाको ‘ग्यारेन्टी’ गरेपछि चिकित्सक र नर्सहरु काममा फर्किएका छन् । अहिले सहमती पश्चात उनिहरु काममा फर्कि सकेका छन् ।

स्वास्थ्यकर्मी कुटपिट तथा हातपात गरेको बिरोधमा आम नागरिक, राजनितिक दल, बुद्धिजिवि, सामाजिक अभियान्त, स्वास्थ्य संगठन, चिकित्सक संघ लगायत बिभिन्न क्षेत्रहरुले चर्को बिरोध गरेका थिए ।

बिहीबार राति कोभिड–१९ संक्रमितको मृत्यु भएपछि आफन्तले कोभिड वार्डमा छिरेर डाक्टर र नर्सलाई आक्रमण गरेका थिए । आक्रमणमा संलग्न दाङको तुलसीपुर घर भएका मानबहादुर रावत, भरत रावत र लोकराज रावतलाई प्रहरीले पक्राउ गरेको छ ।

आरोपीहरु बिरुद्ध ‘ज्यान मार्ने उद्योग’ र ‘आपराधिक उपद्रव’ गरेको कसुरमा मुद्दा दर्ता गरेर अनुसन्धान शुरु गरिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयका डीआईजी रवीन्द्र धानुकले जानकारी दिनुभयो । उहाँले भन्नुभयो–‘आक्रमणको नेतृत्व मानबहादुर रावतले गरेको देखिन्छ, बाँके प्रहरीले त्यसबारे थप अनुसन्धान गरिरहेको छ ।’ प्रहरीले उनीहरुको पुरानो आपराधिक तथ्यांक पनि खोजिरहेको छ ।

मृतक ५२ वर्षका पुरुष हुन् । मृतकका भाइ मानबहादुर नेतृत्वको समूह आक्रमणमा उत्रिएपछि चिकित्सक र नर्सले एकतला माथिबाट हामफालेर ज्यान बचाएका थिए । आक्रमणमा संलग्नहरु दाङका तुलसीपुर उपमहानगरपालिका–११ उरहरीका हुन् ।

घटना छानविनका लागी स्थानिय प्रशासनले बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टको नेतृत्वमा छानविन समिती गठन गरेको छ । समितिमा ७ जना सदस्य छन् । समितीले ३ दिनभित्र घटनाको सत्यतथ्य पत्ता लगाएर प्रतिवेदन दिनेगरी काम शुरु गरिसकेको छ ।