
पूर्णपुष्टि, जेष्ठ १४
पछिल्लो २४ घण्टा नेपालमा हाल सम्मकै बढी कोरोना संक्रमित निको भएको छ । २४ घण्टाको अवधिमा ९ हजार ८४१ जना निको भएको छ । यता संक्रमितको संख्या ६ हजार ९५१ रहेको छ ।
संक्रमितको संख्या पनि अघिल्लो दिन भन्दा १० जनाले मात्रै बढेको देखिएको छ । यो संख्या पहिलो दिनको भन्दै केहि बढी नत्र सोही हाराहारीमा रहेको छ । यता मृत्युको संख्या पनि घटेको छ । अघिल्लो दिन १०६ जना संक्रमितले ज्यान गुमाएकोमा पछिल्लो २४ घण्टामा ९६ जनाले ज्यान गुमाएको छ ।
१९ हजार ३१३ पीसीआर परीक्षणमा ६८५५ र ७९७ एन्टिजेन परीक्षणमा ९६ जना गरी ६९५१ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ५ लाख ४९ हजार १११ पुगेको छ । सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ३९४ मा झरेको छ । हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ७ हजार ४७ पुगेको छ ।
