Sunday, June 14News That Matters

संसद सचिवालयलाई फरार सांसद रायमाझीले पठाए बिरामी भएको पत्र

पूर्णपुष्टि, वैशाख २७ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका एमाले सांसद टोपबहादुर रायमाझीले संसद् सचिवालयलाई आफू बिरामी भएको पत्र पठाएका छन् ।

संसद् सचिवालयका अनुसार प्रहरीले पक्राउ पुर्जी लिएपछि फरार रहेका सांसद रायमाझीले लिखित पत्र पठाउँदै आफू बिरामी भएको जानकारी दिएका हुन् ।

संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले रायमाझीको पत्र प्राप्त भएको बताएका हुन् । पत्र प्राप्त भए पनि दर्ता नभएको सचिवालयले जनाएको छ । फरार सांसद रायमाझीलाई केही समय अघिमात्रै एमालेले निलम्वीत समेत गरिसकेको अवस्था छ ।