संसारकै चार धाम मध्येको एक धाम मानिने वराहक्षेत्रमा मेला सुरु

पूर्णपुष्टि, मंसिर २
संसारकै चार धाम मध्ये एक धाम मानिने वराहक्षेत्रमा मेला सुरु भएको छ । सुनसरी जिल्ला वराहक्षेत्र नगरपालीका वडा नं १ को वराहक्षेत्र मन्दिर परिसद भित्र लाग्ने हरिबोद्बनी एकादशी ( कात्तिके) मेलामा सोमबरबाट सुरु भएको हो । यसपाली हरिबोधिनी एकादशी कात्तिक २९ गते देखी मङसिर ३ गते पूर्णिमाको दिन सम्म लाग्ने मेलामा भारतिय भक्तजनहरुको पनी सहभागिता रहेको थियो ।

नेपालीहरुले मनाउँने दशैं, तिहार, छठ लगायतका ठूला पर्वहरु सकिए लगतै धार्मिक मेला पर्वको रुपमा मानिदैं आएको हरिबोधिनी एकादशी मेलाको रौनक वराहक्षेत्र धाममा छाएको छ । सनातनी नेपालीहरुले तुलसीको विवाह पर्वको रुपमा मनाउने एकदशीको अवसरमा नदिहरुका संगमस्थलहरुमा धार्मिक मेला लाग्ने गर्दछ । हिन्दु धर्मका प्रमुख चार धाम मध्ये एक मानिएको बराहक्षेत्र धाममा लाग्ने हरिबोधिनी एकादशी मेला संसारमै प्रसिद्ध छ ।
धार्मिक मेला र महोत्सब भन्ने बितिकै वराहक्षेत्र मन्दिरको नाम पनि अगाडी नै आउछ । वराहक्षेत्र नगरपालीका वडा नं १मा पर्ने सो क्षेत्रमा माघे , हरिबोद्बनी एकादशी जस्ता समयहरुमा लाग्ने मेलाले वराहक्षेत्रको महत्वलाई संसार भर फैलाउन मदत गर्छ । त्यस्ता मेलाहरुमा नेपालबाहिरबाट पनि तिर्थालुहरु आउने गर्दछन् । माघे मेलामा कोवा कौशिकिको संगम स्थलमा गएर स्नान गर्ने परम्पता रहेको छ भने हरिबोद्बनी एकादश मेलालाई भगवान बिष्णुको महिमासंग जोडिएको पर्व रहेको पडिण्त भण्डारीको तर्क छ ।
हरिबोद्बनी एकादशी ( कात्तिके) मेलामा पुजा आरधना र मेला भर्न ५ लाख भक्तजन आउने गरेको बिगतको तथ्य रहेको संरक्षण मञ्चका सचिव राजु घिमिरेले बताए ।

भक्तजनलाई शान्त सुरक्षित र सहज बनाउन सुरक्षा, स्वास्थ्य जस्ताको प्रबध गरिएको संरक्षण मञ्चका सचिव राजु घिमिरेले बताए ।
बिशेषगरी यस एकादशी मेलामा नेपालका तराई क्षेत्र र भारत , बङलादेश जस्ता मुलुकहरुबाट तिर्थालुहरु आउने गर्दछन । गत बर्षका एकादसी मेलामा ५ लाख तिर्थलुहरु आउने गरेको वराहक्षेत्र संरक्षण मञ्चले बताए ।
धरानबाट चतराहुदै र झुम्काबाट चतराहुँदै वराहक्षेत्रमा तिर्थालुहरु आउने गरेका छन् । यस वर्षको कात्तिके मेलामा पनि गत बर्षहरु जस्तै तिर्थालुहरु आउने अनुमान गरिएको संरक्षण मञ्चले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0