Monday, June 1News That Matters

सडक खन्ने क्रममा पुरिएर १ जनाको मृत्यु

बैशाख ४

रुकुम पश्चिममा सडक खन्ने क्रममा ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ ।

त्रिवेणी गाउँपालिका–७ मा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतको सडक खन्ने क्रममा माथिबाट ढुङ्गा र माटोको ढिस्को खसेपछि स्थानीय ४८ वर्षीय रणे ओलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमले जनाएको छ ।

घटनास्थलमा जम्मा ९ जनाले सडक खनिरहेको थिए । त्यसमध्ये ८ जना भागेर ज्यान बचाउन सफल भएको प्रहरीले जनाएको छ । तर रणे ओेली भने सडक खन्ने कुटो निकाल्न लाग्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।