Monday, June 1News That Matters

बैतडीमा १ बालकको हत्या

वैशाख ४ 

बैतडीमा हतौडा प्रहार गरेर एक बालकको हत्या भएको छ ।  दशरथचन्द नगरपालिका–१ झोकालीका १५ वर्षीय महेश भुलको शनिबार बिहान हत्या भएको प्रहरीले जनाएको छ ।

महेशको हत्या गरेको आरोपमा दोगडाकेदार गाउँपालिका–३ सिल्लेगडाका मामा नाता पर्ने २२ वर्षीय नारायण भुललाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

खोचलेक प्रहरी चौकीका इञ्चार्ज मोती बमका अनुसार मामाघर दोगडाकेदार आएका महेशमाथि नारायणले घरमै  हतौडा  प्रहार गरेका हुन् । हतौडा प्रहार भएलगत्तै महेशको घटनास्थलमै मत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाको कारणबारे केही खुल्न नसकेको प्रहरीले जनाएको छ । महेश आफ्नी आमासँगै मामाघर आएको बताइएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।