
पूर्णपुष्टि, चैत ६
सप्तकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका बराहक्षेत्र नगरपालिका–६ का १८ बर्षीय प्रेम कुमार पाण्डे मृत फेला परेका छन् ।
चैत ४ गते दिउँसो साँढे ३ बजे नदीमा पौडी खेल्ने क्रममा अचानक डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त भएसंगै ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खोजतलासको लागी प्रहरीको टोली खटिएको थियो ।
प्रहरी टोली तथा स्थानीयवासीहरु समेतको सहयोगमा खोजतलास गर्ने क्रममा आज दिउँसो साँढे २ बजे डुबेर बेपत्ता भएको स्थान भन्दा करिव ६ किलोमिटर दक्षिणमा मृत अवस्थामा शव फेला पारेको हो । मृतकको शव परिक्षणको लागी अस्पताल पठाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।
