Tuesday, April 21News That Matters

सप्तरीमा आगलागी हुँदा २० लाख भन्दा बढीको क्षति

पूर्णपुष्टि,माघ ५ 

सप्तरीमा आगलागी हुँदा २० लाख भन्दा बढीको क्षती भएको छ । हनुमाननगर कङ्कालिनी नगरपालिका–२ सकरदहीका जगन सुतिहारको गाईरगोठबाट सुरु भएको आगोले नारायण सुतिहार, दुर्गानन्द सुतिहार र सुमित मगरदैताको घर जलेर नष्ट भएको हो ।

आगलागीबाट खाद्यान्न, लत्ताकपडा, नगदसहित २० लाख रुपैयाँभन्दा बढीको क्षति भएको वडाध्यक्ष सन्तोष गोइत यादवले जानकारी दिनुभयो ।

आगो स्थानीयबासीन्दा, वारुणयन्त्र तथा सुरक्षाकर्मीको टोलीले निभाएका छन् ।