Tuesday, April 21News That Matters

लगतारको चिसोले कठ्याङ्ग्रिएर ४ जनाको मृत्यु

 पूर्णपुष्टि, माघ ६

केहि दिन यता लगतार परेको चिसोका कारण प्रदेश नं २ मा ४ जनाको मृत्यु भएको छ । यो बर्षकै बढी चिसोको रुपमा केहिदिन देखि अत्यादिक चिसो र सितलहर बढेको छ । हुस्सु, सिरेटो र सितलहरले बढी जसो तराईमा प्रभाव पार्ने देखिन्छ ।

प्रदेश प्रहरी कार्यालय जनकपुरधामका अनुसार पुष यता मात्रै चिसोले ४ जनाको मृत्यु भईसकेको जनाएको छ ।

कार्यालयका अनुसार चिसो र शीतलहरबाट प्रभावित भई सर्लाहीको हरिपूर्वा–४ का २४ वर्षीय रोजाई शेख, सिरहा कर्जन्हा–३ बन्दीपुरका ७० वर्षीय बिल्टु महतो, बरियापुर–१ का ८५ वर्षीया प्रयागी देवी साह र मिर्चैया–७ का ८ वर्षीय बालक जाबिर राइनको मृत्यु भएको छ ।

शरीरलाई छोप्ने न्यानो लुगा, ओड्ने र ओछ्याउने कपडाको अभावमा विपन्न परिवार तथा दैनिक ज्यालादारी गरी गुजारा चलाउने परिवार अहिले कठ्याङ्ग्रिदो चिसोबाट बच्न परालकै ओड्ना, डसना, गुन्द्रीजस्ता सामान ओढेर रात बिताउने गरेका छन् ।

हालको दक्षिणी पूर्वी अरव सागरमा बनेको न्यून चापीय क्षेत्र तथा पूर्वीविहारमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव परिरहेकाले मौसममा खराबी आएका बढ्न गएको मौसम विज्ञहरुको भनाइ छ ।